• २०८१ बैशाख ८ शनिबार

हुनेवाला पत्नीको लागि जस्टिन बीबरले सडकमा यसरी गाए गीत (भिडियो सहित)

kharibot

काठमाडौँ।  आफ्नो गीतबाट विश्वभर चर्चित बनेका गायक जस्टिन बीबर अहिले फेरी चर्चामा रहेका छन्। केहि समय अगाडी अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका बीबर अहिले उनकी हुनेवाला पत्नीलाई लिएर चर्चामा रहेका छन्।

अहिले बीबर आफ्नी  हुनेवाला पत्नीसँग इङल्याण्डमा रहेका छन्। इङल्याण्डमा रहदा बीबरले यस्तो काम गरे जसले सबै हैरान भएका छन्।    

इङल्याण्डमा बीबरले बकिङ्घम प्यालेसको अगाडी बसेर गीत गाएका छन्।  बीबरको गीत सुनेर भिड जम्मा भएको थियो भने उनीहरुले आनन्द मानेर उनको गीत सुनेका थिए। बीबरले आफ्नी हुनेवाला पत्नीको लागि सो गीत गएको बताएका छन्।  

बीबरले बाल्डवीनसँग गत जुलाई ७ मा इन्गेजमेन्ट गरेका थिए। २४ बर्षिय गायक बीबरले २०१६ देखि बाल्डवीनसँग डेट गरिरहेका छन्।  बीचमा उनीहरुको ब्रेक अप हुने खबर आएपनि इन्गेजमेन्ट गरेर सो खबर गलत भएको साबित गरेका छन्।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै