मालदिभ्समा नेपाली युवतीको मृत्यु

खरीबोट
ad

झापा । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए ।

सङ्गीताको शव आज बिहान घर ल्याइपुर्याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताए । मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा

काठमाडौँ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रविधिगत सुधार गरी एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याइएको बताएका छन् ।  एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन

वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै बढ्यो, करिब ४५ लाख नेपाली विदेशमा

काठमाडौँ । स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०÷५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै

वैदेशिक रोजगारीबाट आएका युवक एक महिनादेखि सम्पर्कविहीन

नवलपरासी ।  वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् ।  कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा

मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

सप्तरी । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ ।  वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले


z