सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

खरीबोट

सिरहा । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुसन यादवले जानकारी दिए ।

सो घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते भएका र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

दाजुभाइको अंशका रुपमा गाउँनै बाँडिन्छ  

सिरहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।  ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी

सिरहामा प्रसारण लाइन विरुद्ध स्थानीयवासी आन्दोलित

सिरहा । भारतसँग विद्युत् व्यापार अघि बढाउने उद्देश्यले नेपाल सरकारद्वारा विस्तार गर्न लागेको ४०० केभी हाइटेन्सन विद्युत् प्रसारण लाइन ढल्केवर–दुहबी परियोजनाविरुद्ध सिरहाका स्थानीयवासी सङ्घर्षमा उत्रेका छन् । सरकारले सञ्चालन गरेको नेपाल–भारत

सिरहामा ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

सिरहा । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश

सिरहामा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

सिरहा । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट


z