• २०८१ बैशाख ८ शनिबार

सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी

kharibot

बलिवुडकी अभिनेत्री लिजा रे दुई जुम्ल्याहा बच्चाकी आमा हुन् । उनले ४६ वर्षको उमेरमा आमा बन्ने सुख सरोगेसीको सहायताले प्राप्त गरिन् । आमा बनेको तीन महिनापछि उनले यो कुरा इन्ष्टाग्राममा शेयर गरेकी थिइन् । जोन अब्राहमसँग वाटरमा अभिनय गरेकी लिजा रेलाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो ।

लिजाले सन् २०१० मा आफै क्यान्सर फ्री भएको घोषणा गरेकी थिइन् । तर, उनी पूर्णरूपले भने ठीक हुन सकिनन् । 

सन् २०१२ मा लिजाले बिजनेसम्यान ज्यासन देहनीसँग विवाह गरिन् र यही वर्ष उनी सरोगेसीको माध्यमले आमा बनिन् । सरोगेसी एक वैधानिक सम्झौता हो जसमा महिलाले अरुको सन्तानलाई आफ्नो पेटमा हुर्काएर जन्म दिने गर्छन् । 
सरोगेसीको माध्यमले मातापिता हुनुको सुख पाउने लिजा रे बलिवुडकी एकमात्र सेलिब्रिटी भने होइनन् । यो सूचीमा अन्य धेरै अभिनेताको नाम छ । 

१. शाहरुख खान 

बलिवुडमा सरोगेसीको सहायताले आमाबुबा बन्ने क्रम शाहरुख खान र गौरी शाहले सुरु गरेका थिए । गौरी खान र शाहरुख खानका तेस्रो सन्तानको जन्म सरोगेसीको माध्यमले भएको हो । शाहरुख र गौरीले यी बालकको नाम अबराम राखेका छन् । 

२. आमिर खान 
आमिर खानले आफ्नी दोस्री पत्नी किरण रावसँग मिलेर सरोगेसी सेलिब्रिटी एजेन्सीसँग सम्पर्क गरी सरोगेसीको माध्यमले एक सन्तानको सुख प्राप्त गरे । 

३. सोहेल खान 
सोहेल र सीमा खानले एक सन्तान भएको १० वर्षपछि खान दम्पतीले अर्को सन्तानको इच्छा राखे । उनीहरूले त्यसबेला सरोगेट आमाको सहारा लिए । 

४. तुषार कपुर 

बलिवुड अभिनेता तुषार कपुरले अहिलेसम्म विवाह नगरे पनि सरोगेसीको माध्यमले छोराको बुबा बने । उनले इन विट्रो फर्टिलाइजर (आईभीएफ) पद्धतिको प्रयोग गर्दै बुबा बनेका हुन् । बलिवुडका सबै सेलिब्रिटीले उनको यो निर्णयको प्रशंसा गरेका थिए । 

५. करण जौहर

करण जौहरले पनि सरोगेसीको सहायताले पिता हुनुको सुख प्राप्त गरे । अघिल्लो वर्ष मार्चमा ट्वीटरमा यो खबर सार्वजनिक गर्दै उनले उल्लेख गरे, ‘मेडिकल साइन्सको सहायताले मेरो मुटुका यी दुई टुक्रा संसारमा आए र पिता बन्न पाएकोमा म आफूलाई सौभाग्यशाली ठानिरहेको छु ।’ 

६. कृष्णा र कश्मीरा शाह 

हास्य कलाकार कृष्णा र कश्मीरा शाह ले पनि जुम्ल्याहा बच्चा सरोगेसीको सहायताले पाएका थिए । 

(बीबीसीबाट भावानुवाद)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै