उत्कृष्ट नतिजा ल्याउन चीनमा अध्ययनरत नेपालीलाई उपराष्ट्रपतिको आग्रह

खरीबोट
ad

काठमाडौँ चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे ।

यिपिन पोखरासँग यही असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसङ्ख्या भएको यिपिनलाई ‘रक्सी र बाँसको शहर’ भनेर चिनिन्छ ।

उपराष्ट्रपतिले आज बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनीयरिङको भ्रमण गरे । भ्रमणको क्रममा उनलाई विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले स्वागत गरेका थिए ।

नेपाली विद्यार्थीसँग संक्षिप्त अन्तरक्रिया गर्दै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो राख्न आग्रह गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । उनले यिपिन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सचिवले सिचुवान युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी उत्कृष्ट रहेको बताउँदै थप प्रगतिका लागि शुभकामना दिए ।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरूले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी एशोसिएसनका अध्यक्ष सुरजले आफूहरुले राम्रो गरिरहेको बताए ।

उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाइल र लिगो मोबाइल उत्पादन उद्योगको अवलोकन भ्रमण गरे । उनले चीनको सबैभन्दा लामो नदी याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गरे ।

उपराष्ट्रपतिले आज नै आधुनिक चीनका भवन निर्माण डिजाइनका पिता मानिने लियाङ सिछङको निवासको अवलोकन भ्रमण गरे । लियाङ चीन जापान युद्धको बेला बेइजिङबाट याङसी नदीको किनारमा रहेको लिच्वाङमा आएर बसेका थिए । सिछङले त्यहीँ बसेर आधुनिक चीनको भवनको डिजाइन गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

काठमाडौँ। असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।  मान्यजनबाट टीका,

उपराष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र

उपराष्ट्रपति पुन आज स्वदेश फर्किदै 

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै छन् । उनी एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ  ।  उपराष्ट्रपतिले चीन

भियतनामको कार्यवाहक राष्ट्रपतिमा उपराष्ट्रपति थिन्ह

भियतनाम । भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई आइतबार कार्यवाहक राष्ट्रपति बनाइएको भियतनाम समाचार समितिले जनाएको छ । दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएको


z