• २०८१ बैशाख १३ बिहीबार

१० प्रतिशत भाडा बढाएर दशैँको अग्रिम बुकिङ खुलाइयो  

kharibot

काठमाडौँ। सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भएकाे छ । सार्वजनिक यातायातमा आजैदेखि लागू हुने गरी भाडा वृद्धि भएको छ । शनिबार सरकार र यातायात व्यवसायीबीच दशैँको टिकट खुलाउने सहमति गर्न सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउने सहमति भएको हो। 

गत ३१ भाद्रमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ताका प्रतिनिधि, सुरक्षा निकाय समेतका प्रतिनिधि सम्मीलीत बैठकमा व्यवसाय महासंघले ५ असोज देखि दशैंका लागि अग्रीम बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

तर बुकिङ खुल्ला गर्नु भन्दा अगाडि नै आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले सरकारले मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघ अग्रिम बुकिङ नगर्ने अडान लिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव मधुसुदन अधिकारीको सहभागितामा यातायात व्यवसायी महासंघले १० प्रतिशत भाडा बढाएर टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

तत्कालीन यातायात व्यवसायी संघ समितिहरुको रोक्का रहेका बैंक खाताबाट समितिको अनिवार्य दायित्व भित्र पर्ने खर्चहरुका भुक्तानी छिटो गर्ने व्यवस्था मिलाउनका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै