• २०८१ बैशाख १३ बिहीबार

अफगानिस्तानका असगर, राशिद र पाकिस्तानका हसनलाई आइसीसीको कारवाही 

kharibot

काठमाडौँ।  जारी एशिया कप अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको शुक्रबार भएको खेलमा मैदानमा नराम्रो व्यबहार देखाएको भन्दै अफगानिस्तानका कप्तान असगर अफगान र राशिद खान तथा पाकिस्तानका अलराउण्डर हसन अली कारबाहीमा परेका छन्।

पाकिस्तानले ३ विकेटले जितेको सो खेलमा खराब ब्यबहार देखाएको भन्दै तिनैजना खेलाडीहरुलाई आफ्नो म्याच ‘फि’ को १५ प्रतिशत जरिवाना लगाएको छ भने १ डीमेरिट अङ्क समेत दिएको आइसीसीले जनाएको छ ।

पाकिस्तानका हसन अलिलाई ३३औं ओभरमा बल ब्याट्सम्यान हज्मतुल्लाह शाहिदीतर्फ फाल्दै तर्साउन खोजेको, अस्गर अफ्गानलाई ३७ ओभरमा रन लिनेक्रममा हसनको काँधमा हात ठोक्काएको तथा राशिद खानलाई ४७औं ओभरमा आसिफ अलीलाई आउट भएपछि गराम्रो ब्यबहार देखाउँदै हात ठडाएर बाहिर पठाएको आरोपमा कारबाही गरिएको आइसीसीले जनाएको छ ।

अफगानिस्तानका कप्तान अस्गर अन्तिम २४ महिनामा दोश्रो पल्ट कारबाहीमा परेका छन्। यसअघि सन् २०१७ मा जिम्बाबेसँगको खेलमा पनि उनले १ डीमेरिट अङ्क  प्राप्त गरिसकेका छन्। त्यस्तै पाकिस्तानका हसन र अफगानका राशिद कारबाहीमा परेको पहिलो पटक हो।

आईसीसीको नियमअनुसार यदि अन्तिम २४ महिनामा खेलाडीले ४ डीमेरिट अङ्क प्राप्त गरेमा १ टेस्ट वा २ लिमिटेड ओभरको खेल गुमाउनेछन् भने ८ डी मेरिट अङ्कमा २ टेस्ट वा ४ लिमिटेड ओभरको खेलमा प्रतिबन्ध रहने व्यवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै