• २०८१ बैशाख १३ बिहीबार

 पेट्रोलियम पदार्थमा कोटा प्रणाली हट्यो, आपूर्ति सहज हुदै 

kharibot

काठमाडौं। नेपाल आयल निगमले अब पेट्रोलियम पदार्थ सहज उपलब्ध हुने जनाएको छ । आइतबारदेखि उपभोक्तालाई मागे जति तेल दिन पेट्रोल पम्पहरुलाई परिपत्र गरेको निगमले जानकारी दिएको छ। 

तेलको आयात बढेकाले अब समस्या नहुने बताउदै आइतबारदेखि कोटा प्रणाली पनि हटाएको जानकारी दिएको छ । ट्याङकर चालकले ढुवानीमा असहयोग गर्दा आपूर्ति प्रभावित भएपछि निगमले शुक्रबारदेखि कोटा प्रणाली लागू गरेको थियो । 

निगमले हरेक दिन आपूर्ति बढिरहेकाले अब पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै