• २०८१ बैशाख ११ मंगलबार

अग्नि समूहद्वारा नेपाल एपीएफ क्लबसँगको प्रायोजन सम्झौता नवीकरण

kharibot

काठमाडौं । नेपालमा महिन्द्रा तथा यस कम्पनीका सवारीसाधनको बिक्रीको जिम्मा पाएको अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले नेपाल एपीएफ क्लबसँगको प्रायोजन सम्झौता नवीकरण गरेको छ । 

यससम्बन्धी सम्झौतापत्रमा आइतबार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा एपीएफका प्रमुख शैलेन्द्र खनालको उपस्थितिमा क्लबका प्रमुख रामशरण पौडेल र अग्नि ग्रुपका म्यानेजिंग डाइरेक्टर क्याबिनेट श्रेष्ठ, ग्रुपका कार्यकारी निर्देशकहरु सुसान वैद्य श्रेष्ठ र अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।

अग्नि ग्रुपका क्याबिनेट श्रेष्ठले एपीएफलाई प्रायोजन गर्न पाउँदा गौरव महसुस भएको बताए । उक्त सम्झौता पाँच वर्षका लागि भएको हो । सम्झौतासँग क्लबले महिन्द्रा र अग्नि समूहको चिह्नयुक्त पहिरनमा आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि गर्नेछ ।

नेपाली खेलकुदको उन्नयनमा अग्नि ग्रुप प्रतिबद्ध रहेको समेत कार्यक्रममा बताइएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै