• २०८१ बैशाख ११ मंगलबार

भियतनामको कार्यवाहक राष्ट्रपतिमा उपराष्ट्रपति थिन्ह

kharibot

भियतनाम । भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई आइतबार कार्यवाहक राष्ट्रपति बनाइएको भियतनाम समाचार समितिले जनाएको छ । दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएको थियो ।

उपराष्ट्रपति थिन्ह सन् २०१६ देखि सो पदमा थिइन् ।

भियतनामको राष्ट्रिय सभाको स्थायी समितिका तर्फबाट राष्ट्रिय सभाकी उपाध्यक्ष नुएन थी कीम नानले आइतबार उपराष्ट्रपति थिन्हलाई औपचारिक रुपमा राष्ट्रपति नबनाउँदासम्म कार्यवाहक राष्ट्रपति बनाउनेसम्बन्धी कागजातमा हस्ताक्षर गरेकी थिइन् ।

राष्ट्रिय सभाले औपचारिक रुपमा निर्वाचन गरी राष्ट्रपतिको चयन गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै