• २०८१ बैशाख ४ मंगलबार

डावर नेपाल र इसिमोडबीच एमओयुमा हस्ताक्षर 

kharibot

काठमाडौँ। डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच राष्ट्रिय हितमाआधारित दिगो विकास सम्बन्धि समझदारी पत्रमाआज हस्ताक्षर सम्पन्न  भएको छ । सम्झौता अनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुने छ । 

प्रस्तावित डावर र इसिमोडबीचको साझेदारीले उत्तरदायित्वपूर्ण व्यवसायिक दीगो पर्वतीय विकासमा मद्धत पुग्नेछ । समझदारीपत्रमा इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डावरका सार्क विजनेस हेड एचएस वेदीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन् । ललितपुर धापाखेलस्थित इसिमोडको कार्यालयमा भएको हस्ताक्षर समारोहमा इसिमोडका उपमहानिर्देहक डा.एक लव्य शर्मा, स्ट्रेटेजिक कर्पोरेसनका निर्देशक वसन्तश्रेष्ठ, प्रशासन र अर्थ निर्देशक शेखर घिमिरे र डावरका तर्फबाट एग्रो विजनेस विभागका प्रमुख डा. पंकज प्रसाद रतुरीको उपस्थिति थियो ।

यो समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिनेछ जसमा माहुरी पालन, जडिबुटी खेती, कृषिमा आधारित वनको विकासका विभिन्न योजनाहरु निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिने छ । यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदान प्रदान र संयुक्त कार्यक्रमहरुलाई पनि समझदारीको परिधिमा राखिएको छ । 

डाबर नेपाल र इसिमोडका बीचमा सन् २००२  देखि पारस्परिक सहयोगको क्षेत्रमाआपसी सम्बन्ध स्थापना हुँदै आएको छ र औषधिजन्य जडिबुटीको क्षेत्रमा नयाँ नयाँ उपलब्धि हासिल गरिएको छ । यस्तै अन्य संयुक्त आयोजनाद्धारा सञ्चालन गरिएको जडिबुटिको महत्व तथा सुगन्धित जडिबुटिको बारेमा नेपालका विद्यार्थीहरुलाई जानकारी प्रदान गरेको छ । इसिमोडले उपलब्ध गराएको गोदावरीको जग्गामा डावर नेपालले सन् २०१३ देखि जडिबुटि उद्यान्न विकसित गरेको छ । विश्वका विभिन्न भागबाट आएका हजारौँ दर्शकले उक्त उद्यान्नको अवलोकन गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै