• २०८१ बैशाख ८ शनिबार

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनौटको अन्तिम खेलमा नेपालले मलेसियालाई बराबरीमा रोक्यो 

kharibot

काठमाडाैं। एएफसी यू – १६ महिला च्याम्पियनसिप छनौटको अन्तिम खेलमा नेपाल र मलेसियाले ४ – ४ गोलको बराबरी खेलेका छन् ।

हल्चोकमा रहेकाे एपीएफ क्लबको मैदान मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी गर्दै अंक जोडेको हो  । यससँगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले एक खेल पनि नजितेर प्रतियोगिताबाट बाहिरीएको छ ।

पहिलो खेलमा फिलिपिन्ससंग ४ – ० ले पराजित भएको थियो नेपाल दोस्रो खेलमा म्यानमारसंग ११ – १ ले पराजित भएको थियो ।

यो प्रतियोगिताबाट म्यानमारले दोस्रो चरणको यात्रा तय गरेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५ – १ ले हराएर म्यानमार पहिलो भएको हो ।

उसले ३ खेलबाट ९ अंक जोड्दै अपराजित रह्यो । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो । दोस्रो चरणको छनोटबाट चौथो हुने टोलीसम्मले थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्न पाउनेछन ।

८ देशको सहभागिता हुने प्रतियोगितामा आयोजक थाइल्याण्डसहित, जापान,  दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै