कैलालीमा बाबुले गरे छोराको हत्या

खरीबोट

कैलाली, भजनी। कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु भएको हो । 

टीकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय बाबु पहले लुहारको बञ्चरो प्रहारबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बाबुले छोरालाई बञ्चरोले टाउकामा हिर्काएपछि घाइते गम्भीर भएका कृतबहादुरको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । 

टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कृतबहादुरलाई नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा शनिबार राति मृत्यु भएको जनाइएको छ । 

लुहारको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेको छ । मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए । 

सम्बन्धित समाचार

बुबाको हत्या गर्नेलाई एक लाख जरिवाना, १० वर्ष कैद

अछाम  / आफ्नै बुबाको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा रु एक लाख जरिवाना भएको छ ।बुबालाई दाउराको चिर्पटले हानेर हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका प्रेम ढोलीलाई अछाम

इथियोपियाका सेना प्रमुखको गोली हानी हत्या

आदिस अबाबा । इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई

कुमार पौडेलको हत्याले पञ्‍चायतको याद आयो : जनार्दन शर्मा 

काठमाडौं । नेकपाका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द 'विप्लव' समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको बताएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले

महोत्तरीमा युवतीको विभत्स हत्या

गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८-१०


z