काठमाडौं। सरकारले सार्वजनिक यातायात, मालबाहक सवारी साधन र मिटर जडित ट्याक्सीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।
यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने सहमति गरेको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । आज यातायात व्यवस्था विभागले व्यवसायीसँग भएको समझदारी अनुसार नयाँ भाडादर सार्वजनिक गरेको छ।