• २०८१ बैशाख १२ बुधबार

प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकियो 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिगअन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ। आइतबार भएको खेलमा चेल्सी वेस्टह्यामसँग बिना कुनै गोल बराबरीमा रोकिएको हो। 

बराबरीसँगै चेल्सीको यस सिजनमा लगातार ५ खेलको जितको सिलसिला रोकिएको छ। चेल्सीको ६ खेलमा १६ अंक भएको छ भने चेल्सी अंकतालिकामा तेस्रो स्थानमा पुगेको छ। यो सँगै अब प्रिमियर लिगको यस सिजनमा खेलिएका सबै ६ खेल जित्ने क्लब लिभरपुल मात्र रहेको छ । 

त्यस्तै वेस्टह्यामले भने यस सिजनमा खराब सुरुवात गरेको छ।  वेस्ट ह्यामले ६ खेलमा केबल एक जित र एक बराबरी खेल्दै केबल ४ अंक हासिल गर्न सकेको छ। 

चेल्सीले अब अर्को खेल इएफएल कपमा डिभिजन टु क्लब मसल्सफिल्डसँग खेल्दै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै