• २०८१ बैशाख १४ शुक्रबार

एशिया कपमा भारतले पाकिस्तानलाई दोस्रो पटक हरायो, भारतको जितमा शिखर र रोहितको शतक  

kharibot

काठमाडौँ जारी एशिया कपमा भारतले पाकिस्तानलाई फेरी पराजित गरेको छ।  गएराती भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो।  

पाकिस्तानले दिएको २३८ रनको लक्ष्य पछ्याएको भारतले कप्तान रोहित शर्मा र शिखर धवनको शतकीय पारीको मद्धतले ३९.३ ओभरमा एक विकेट गुमाएर सो लक्ष्य पुरा गरेको थियो। 

भारतका लागि शिखर धवनले ११४ रन बनाए भने रोहितले १११ रन नटआउट बनाएका थिए। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर केबल २३७ रन बनाएको थियो। पाकिस्तानको पारीमा शोएब मल्लिकले सर्वाधिक ७८ रन बनाएका थिए भने कप्तान सरफराज अहमदले ४४, फ़कहर जमनले ३१ तथा आसिफ अलीले ३० रन बनाएका थिए। भारतीय बलर कुलदीप यादव, युज्वेन्द्र चहल र जसप्रित बुमराहले २-२ विकेट लिएका थिए। 

खेलको म्यानअफ द म्याच भारतका शिखर धवन बनेका थिए।  जितसँगै भारतको सेमिफाइनल यात्रा तय भएको छ भने अब अर्को सुपर फोरको खेल अफगानिस्तानसँग खेल्ने छ। त्यस्तै पाकिस्तान भने सुपर फोर अन्तर्गत अब अन्तिम खेल बंगलादेशसँग खेल्ने छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै