• २०८१ बैशाख ६ बिहीबार

बंगलादेशसँग अफगानिस्तान ३ रनले हार्यो, फाइनल यात्रामा पूर्णविराम  

kharibot

काठमाडौँ।  जारी एशिया कप क्रिकेटको सुपर फोरको खेल अन्तर्गत बंगलादेशले अफगानिस्तानलाई ३ रनले पराजित गरेको छ। बंगलादेशले दिएको २५० रनको लक्ष्य पछाएको अफगानिस्तान ५० ओभरमा ७ विकेट गुमाउदै २४६ रनमा रोकिए पछि बंगलादेश ३ रनले विजयी भएको थियो। 

अन्तिम बलमा अफगानिस्तानलाई खेल जित्न केबल ८ रन आवश्यक भएको बेला बंगालादेशका बलर मुस्ताफिजुर रहमानले केबल ४ रन दिएका थिए भने एक विकेट पनि लिएर अफगानिस्तानको जितमा बाधक बनेका थिए । मुस्ताफिजुरले खेलमा कुल २ विकेट लिए भने मरफे मुर्तजाले पनि २ विकेट लिएका थिए। त्यस्तै मह्मुदुल्लाहले एक विकेट लिएका थिए।  अफगानिस्तानका लागि हस्मतुल्लाह शाहिदीले ७१ रनको पारी खेलेका थिए भने मोहमद शाहजादले ५३ रन बनाएका थिए। त्यस्तै कप्तान असगर अफगानले ३९ तथा मोहमद नाबीले ३८ रन बनाएका थिए। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाउदै २४९ रन बनाएको थियो।  बंगलादेशका लागि मह्मुदुल्लाहले सर्वाधिक ७४ रन बनाएका थिए भने इमरुल काएसले ७२ रन बनाएका थिए। त्यस्तै लितोन दासले ४१ तथा मुस्फिकुर रहिमले ३३ रन बनाएका थिए। अफगानिस्तानका लागि अफताब आलमले ३ विकेट लिएका थिए। 

सुपर कपमा बंगलादेशको यो पहिलो जित हो भने अफ्गनानिस्तानले दुवै खेल गुमाएको छ। अब अफगानिस्तान सुपर फोर अन्तर्गत अन्तिम खेल भारतविरुद्ध खेल्ने छ भने बंगलादेश पाकिस्तानसँग खेल्ने छ। अफगानिस्तानले दुवै खेलमा हर बेहोर्दै एशिया कपबाट बाहिरिएको छ। 

अहिलेसम्म भारत सुपर फोरका दुवै खेल जितेर एशिया कपको फाइनलमा पुगेको छ भने फाइनलमा पुग्ने अर्को देशको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ।  
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै