• २०८१ बैशाख ५ बुधबार

बार्सिलोनाको विजयी यात्रामा गिरोनाले ब्रेक लगायो, डेभ्यु खेलमै लेन्गलेटले रातो कार्ड खाए  

kharibot

काठमाडौँ। ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा बार्सिलोना गिरोनासँग २-२ गोलको बराबरीमा रोकिएको हो। बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगामा विजयी यात्रामा ब्रेक लागेको छ। 

खेलको ३५ औ मिनेटमा नै बार्सिलोनाको लागि डेभ्यु खेल खेलिरहेका केलेमेन्ट लेन्गलेटले रातो कार्ड खाएर मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। 

बार्सिलोनाका लागि लियोनेल मेसी र जेरार्ड पिकेले एक एक गोल गरेका थिए भने गिरोनाक लागि दुवै गोल क्रिस्टियन स्टुनीले गरेका थिए। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा गिरोनाले बार्सिलोनालाई रोकेर महत्वपूर्ण अंक हासिल गर्न सफल भएको छ। 

यस खेलमा बार्सिलोनाले साम्युअल उमटिटि, इभान राकिटिक र फिलिप कोटीन्होलाई बेञ्चमा राखेर खेल सुरु गरेको थियो। जुन निर्णय आफैका लागि ब्याक फायर गरेको छ। 

घरेलु मैदानमा पछिल्ला ३९ खेलमा अपराजित रहेको बार्सिलोना अब सन् १९९१ देखि १९९३ सम्म घरेलु खेलमा ४० खेलमा आपराजित रहेको रेकर्ड नजिक पुगेको छ। 

यसबराबरीपछि बार्सिलोनाको ५ खेलमा १३ अंक भएको छ भने अंक तालिकामा रियल म्याड्रिडसँग बराबरी रहेको छ। 

बार्सिलोनाले अब अर्को खेल ला लिगाअन्तर्गत लेगानेजसँग खेल्ने छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै