• २०८१ बैशाख ७ शुक्रबार

रातो कार्डलाई बिर्सिदै रोनाल्डो लयमा फर्किए, युभेन्टसको जितमा गरे गोल  

kharibot

काठमाडौँ।  इटालियन सिरी ए मा युभेन्टसको विजयी यात्रा जारी रहेको छ।  गएराती भएको खेलमा युभेन्टसले फ्रोसिनोनेलाई २-० ले पराजित गर्दै यस सिजनमा लगातार पाचौ जित हासिल गरेको छ। 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेडेरिक बेर्नारडेसचिले गरेका थिए। गत साता च्याम्पियन्स लिग अन्तगर्त भालेन्सियाविरुद्ध रातो कार्ड पाएर चर्चामा आएका रोनाल्डोले सो घटनालाई बिर्सेर सिरी ए मा लयमा फर्किएका छन्। रोनाल्डोले सिरी ए मा खेलेको ५ खेलमा अब कुल ३ गोल गरेका छन्। 

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफको ८१औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए भने सबस्टिच्युटको रुपमा आएका  बेर्नारडेसचिले इन्जुरी समय ९४औ मिनेटमा गोल गर्दै युभेन्टसलाई २-० को जित दिलाएका थिए। 

यो जितसँगै युभेन्टसको सिरी ए मा ५ खेलमा १५ अंक भएको छ। युभेन्टसले आफ्न इतिहासमा कुनै पनि सिजनमा यस पटक सहित पाचौ पटक सिजनका सुरुका ६ खेल ( सिरी ए ५ र च्याम्पियन्स लिग एक) जितेको छ। 

त्यस्तै रोनाल्डोले सिरी ए मा प्रति खेल ८.४ शटका दरले गोल पोष्टमा हानेका छन्। जुन सिरी ए मा सन् २००४-०५ पछि कुनै पनि खेलाडीले गोलका लागि गरेको धेरै पटकको प्रयास हो। 

युभेन्टस अब सिरी ए अन्तर्गत अब आगामी बुधबार बोलोग्नासँग आफ्नै घरेलु मैदानमा खेल्ने छ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै