• २०८१ बैशाख ६ बिहीबार

माल्दिभ्सको आम निर्वाचनमा प्रमुख विपक्षी नेता सोलिहले चुनाव जितेको दाबी  

kharibot

माले।  माल्दिभ्समा आइतबार भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह विजयी हुने सम्भावना देखिएको मिडिया रिपोर्टमा जनाइएको छ। सोलिहले आफुले चुनावमा जित हासिल गरेको दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।  

वर्तमान राष्ट्रपति अब्दुला यामीनमाथि सोलिहले स्पष्ट जित हासिल गर्ने स्थानीय मिडियाले उल्लेख गरेका छन्। एक रिपोर्टका नुसार ४७२ ब्यालेट मध्ये ४३७ ब्यालेट गणना भएको र सोलिहले यामिनमाथि बढ्त बनाएको उल्लेख गरिएको छ तर निर्वाचन परिणाम बारे निर्वाचन आयोगले भने कुनै प्रतिक्रिया दिएको छैन। 

सोलिहले ९२ प्रतिशत मत गणना हुदा आफुले १६ प्रतिशतको फरकले चुनाव जितेको दाबि गरेका छन्। 

कुल दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका माल्दिभ्समा देशभर ४७२ वटा मतदान केन्द्र रहेका थिए । 

विवादको घेरामा रहेको यस पटकको राष्ट्रपतीय चुनावमा मतदानको पूर्वसन्ध्यामा विपक्षी दलको प्रचार कार्यालयमा प्रहरीले छापा मारेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै