• २०८१ बैशाख १२ बुधबार

एसिड आक्रमणमा परेकी सम्झना दासको निधन

kharibot

रौतहट। एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहपुर-६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा निधन भएको छ ।

सम्झनाको आइतबार राति ११ बजेतिर निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । तीजको दरखाने राति सम्झना र उनकी बहिनीलाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो । 

एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको छ । बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । सुस्मिताको स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भएको पनि अस्पताल प्रशासनले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै