Skip This

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

खरीबोट

न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ ।
मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनित गर्न सक्ने प्रावधान छ । सेप्टेम्बर २३ मा बसेको तामाङ समाज अमेरिकाको प्रथम बोर्ड बैठकले यी तीन जना बोर्ड अफ डिरेक्टरको मनोनयनलाई अनुमोदन गरेको हो ।

त्यसै गरेर अन्तरराष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने उद्देश्यले भरत मोक्तान तामाङ, शान्त थोकर तामाङ  र लुईसाङ वाईवा तामाङ रहेको तीन सदस्यीय अन्तरराष्ट्रिय तामाङ समन्वय समिति पनि बैठकबाट अनुमोदन भएको छ । 

बैठकले वरिष्ठ उपाध्यक्ष ब्रजेश लामा तामाङको अध्यक्षतामा इन्फर्मेशन टेक्नोलोजी कमिटी, उपाध्यक्ष सुमित्रा योन्जन तामाङको अध्यक्षतामा महिला शशक्तिकरण कमिटी, सचिव विनिता तामाङको अध्यक्षतामा एक्सटर्नल एफ्येर्स कमिटी, कोषाध्यक्ष फुरु लामा तामाङको अध्यक्षतामा आर्थिक कमिटी, सजुन थोकर तामाङको अध्यक्षतामा युवा तथा खेलकुद कमिटी, यूनिशा तामाङको अध्यक्षतामा सांस्कृतिक कमिटी, रिनु तामाङको अध्यक्षतामा बालबालिका विकास कमिटी, रोजबहादुर घिसिङ तामाङको अध्यक्षतामा इमिग्रेशन कमिटी र दिपेन्शा लामा तामाङको अध्यक्षतामा एजुकेशन कमिटी गठन गरेको छ ।

सम्बन्धित समाचार

चीन–अमेरिकाबीचका सहमति कार्यान्वयन गर्न चीन तयार

चीन । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्त राज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको

नेपाल सरकार र अमेरिकाद्वारा रामेछापमा पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

रामेछाप। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एशियाली विकास बैंकसँगको सहकार्यमा रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गरेका छन् ।  यो विद्यालय २०७२ सालको

अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

अर्जेन्टिना । संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुशको निधन

काठमाडौँ। अमेरिकाका ४१औ राष्ट्रपति जर्ज एचडब्लु बुशको निधन भएको छ। ९४ बर्षिय पुर्वराष्ट्रपति बुशको आज निधन भएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्।  गत अप्रिलमा उनकी श्रीमती बारबरा बुशको निधनपछि बुशको स्वास्थ्य


z