• २०८१ बैशाख ८ शनिबार

दुई टाउके सर्प !

kharibot

तस्बिर : Mirror UK/Splash News

अमेरिका । संयुक्त राज्य अमेरिकाको भर्जिनियामा एउटा दुईवटा टाउको भएको सर्प पेला परेको छ ।

भर्जिनियाको वाइल्डलाइफ मेनेजमेन्ट एण्ड कन्ट्रोल विभागले उक्त अचम्म लाग्दो सर्प फेला पारेको हो । अहिले सर्पलाई प्राइभेट रेप्टाइल किपरसँग राखिएको छ । 

विज्ञहरुले यसबारे अनुसन्धान गरिरहेका छन् ।  खासगरी कसरी दुईवटा टाउको भयो र दुवैले कसरी शरीरसँग काम गर्छन् भन्ने विषयलाई चासोसाथ लिएर अनुसन्धान भइरहेको बताइएको छ । त्यहाँको स्टेट हर्पेटोलोजिष्ट जेडी क्लेपफरले सर्पबारे अध्ययन गरिरहेका छन् । 

उनका अनुसार यस्ता सर्पहरु एकदमै विरलै मात्र भेटिन्छन् भने यिनीहरु धेरै समयसम्म बाँच्दैनन् । त्यसकारण पनि उक्त सर्प भेटिनुलाई अचम्म मानिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै