• २०८१ बैशाख १४ शुक्रबार

अहिलेपनि गर्न नसके अर्को पटक हामीलाई जनताले पत्याउन आवश्यक छैन - प्रचण्ड 

kharibot

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जनचाहना अनुरुप काम गर्न नसके जनताले आगामी दिनमा नपत्याउने बताएका छन् । 

चितवन जिल्ला समन्वय समितिको  दोस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको उपस्थित बलियो भएको बेलामा पनि काम गर्न नसके त्यसको परिणाम राम्रो नहुने बताएका हुन् । 

‘केन्द्र, प्रदेश र स्थानीय तहमा हाम्रो पार्टीले जितेको छ । यस्तो अवसर हुँदा समेत हामीले केही गर्न सकेनौ भने भोलि हामीले गर्न सक्छौं भनेर भाषण गर्दा कसले पत्याउँला ?’ प्रचण्डले प्रश्न गरे ।

जिल्ला समन्वय समितिले प्रदेश, नगरपालिका र गाउपालिकाबीच समन्वय गरेर नै विकास गर्न सकिन्छ भन्दै प्रचण्डले समन्वय गर्न संस्था बलियो भए मात्र सहि समन्यव हुनसक्छ भन्ने धारणा व्यक्त गरेका थिए।   

विकासका लागि पूर्वाधार मुख्य कुरा भएकोले विकासको प्रष्ट रोडम्याप बनाउन अति आवश्यक भएको प्रचण्डले बताए। 

प्रचण्डले त्यसका लागि जनप्रतिनिधिहरु गम्भीर बन्नु पर्ने बताए ।  उनले हरेक स्थानीय तहले आवश्यकताका आधारमा प्राथमिकता छुट्याउन पर्ने र हरेक स्थानीय तहको एउटा भिजन हुनुपर्ने उल्लखे गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै