• २०८१ बैशाख ११ मंगलबार

आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई भरोसा अस्पतालमा १० प्रतिशतसम्म छुट

kharibot

काठमाडौं । आइएमई लिमिटेड र भरोसा अस्पतालवीच गत सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनुहुनेछ । यो सुविधा अस्पतालभित्रको सेवामामात्र लागु हुनेछ ।

यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रर्वधन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन् । यो सम्झौताय हिमिति २०७५ साल असोज ०५ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै