• २०८१ बैशाख ८ शनिबार

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर वृद्धि

kharibot

बारा । पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्यामा दोब्बरले वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारले पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्ष भएको बाघ गणनामा बाघको संख्या दोब्बरले वृद्धि भएको जनाएको हो । 

नेपालमा प्रत्येक चार÷चार वर्षमा राष्ट्रिय बाघ सर्वेक्षण हुने गरेको छ । २०७४ मंसिर १४ गतेबाट सुरु भएको बाघ सर्वेक्षणले पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०१३ भन्दा २०१८ मा बाघको संख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको देखाएको छ । 

सन् २०१३ मा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७ मात्र रहेको र सो अहिले बढेर १८ पुगेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । 

निकुञ्जमा बाघ संख्या दोब्बरभन्दा बढी हुनुका कारण बासस्थानको उचित व्यवस्थापन, निकुञ्जभित्रका मानवबस्तीहरु बाहिर स्थानान्तरण, उपयुक्त सुरक्षा प्रबन्ध रहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । 

नेपालमा बाघको बास स्थान खास गरी ५ वटा राष्ट्रिय निकुञ्जहरु (पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा) र यसको वरिपरिको क्षेत्रमा क्यामरा राखी सर्वेक्षण गरिएको थियो । 

यस विधिमा बाघ पाइने क्षेत्रलाई प्रत्येक ग्रिडमा एक जोडी स्वचालित अत्याधुनिक क्यामरा राखी दुई हप्तासम्म फोटो खिचिएको थियो । नेपालले २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य राखेकोमा हाल नेपालभर २ सय ३५ पुगेको र तोकिएकै समयमा लक्ष्य प्राप्ति हुने पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै