• २०८१ बैशाख ६ बिहीबार

७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो

kharibot

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथाफर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार एक्स्पो सकिएको छ । एक्स्पो अवधिमा भएको व्यापार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ । 

दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा सामान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भीड लागेको एक्स्पोमा अधिकांश अवलोकनकर्ताले सामान बुकिङ गरेका छन् । संघका अध्यक्ष राजेशकाजी अग्रवालले व्यापारका हिसावमा ठूलो रकमको सामान बुकिङ भएको जानकारी दिए ।

जेम फ्लोरिगंको प्रस्तुतिमा आयोजित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोलाई सिमल डेकोर, यती फ्लोरिगं, ग्लेन र डिलाइटले प्रायोजन गरेका थिए ।

एभरेष्ट इन्स्योरेन्सले एक्स्पोस्थलको बीमामा सहकार्य गरेको थियो । नेपालउद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले एक्स्पोलाई प्रवद्र्धन गरेका थिए ।

प्रतिष्ठित स्वदेशी तथा विदेशी ब्राण्डका सयभन्दा बढी कम्पनीहरु एक्स्पोमा सहभागी थिए । ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको बृहत् प्रदर्शनीमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्रीवितरणका साथै बुकिङ भएको आयोजकले बताएको छ । 

होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री अवलोकनकर्ताको आकर्षण बनेका थिए । 

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै