• २०८१ बैशाख ७ शुक्रबार

फिफा बर्ष खेलाडीमा मेसीले दिए रोनाल्डोलाई भोट, नेपाली कप्तानले कसलाई दिए ?

kharibot

काठमाडौँ ।  क्रोसियाका फुटबलर लुका मोड्रीच २०१८ को फिफाको बर्ष खेलाडीको उपाधि जितेका छन्।  फुटबलको सर्वोच्च संस्था फिफाले हरेक बर्ष प्रदान गर्ने यस अवार्डमा क्रिस्टियानो रोनाल्डो र मोहमद सलाहलाई पछि पार्दै मोड्रीचले पहिलो पटक फिफा बर्ष खेलाडीको उपाधि जितेका हुन्। 

फिफामा आवद्ध देशका कप्तान र म्यानेजरहरुको मतबाट छानिने यस अवार्डमा मोड्रीचले सर्वाधिक २९.०५ प्रतिशत मत पाएर सो अवार्ड जितेका हुन् । त्यस्तै रोनाल्डोले १९.०८ प्रतिशत मत पाए भने सलाहले ११.२३ प्रतिशत मत पाए। 

मोड्रीचले यो अवार्ड पाएसंगै विश्व फुटबलमा पछिल्लो दश बर्षसम्म राज गरेका मेसी र रोनाल्डोको दबदबा अब सकिएको विश्वास गरिएको छ।  अहिलेपनि सक्रिय फुटबल खेलिरहेका यी दुवै खेलाडीले पछिल्लो दश बर्षमा ५-५ पटक यो अवार्ड जितेका छन्। 

यस अवार्डका लागि कप्तान समेत रहेका चर्चित खेलाडीहरुले कसलाई भोट दिए होलान भन्ने जिज्ञासा सबैलाई हुनु स्वाभाविक हो। 

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले सबैलाई अचम्मित पार्दै आफ्नो तीन खेलाडीको सुचीमा क्रिस्टियानो रोनाल्डोलाई मत दिएका छन्।  मेसीको सुचीमा मोड्रीक, एम्बाप्पे र रोनाल्डो रहेका छन्।  तर पोर्चुगलका कप्तान रहेका क्रिस्टियानो रोनाल्डोएल भने मेसीलाई भोट दिएका छैनन्।  रोनाल्डोले मोद्रीच, राफेल भेरान र एन्टोनी ग्रीजम्यानलाई मत दिएका छन्। 

त्यस्तै उत्कृष्ट म्यानेजरको अवार्ड जितेका फ्रान्सका म्यानेजर डिडियर डेसच्याम्पले तिनै मत आफ्ना देशका खेलाडीहरु एम्बाप्पे, ग्रीजम्यान र भरानलाई दिएका छन्। 

त्यस्तै इङल्याण्डका कप्तान ह्यारी केनले रोनाल्डो, मेसी र केभिन डे ब्रुनेलाई आफ्नो मत दिएका छन्। इङल्याण्ड कै म्यानेजर ग्यारेथ साउथगेटले आफ्नै देशका ह्यारी केनलाई मत दिएका छैनन्।  उनले मोड्रीच, भेरान र इडेन हजार्डलाई आफ्नो मत दिएका छन्। त्यस्तै स्पेनका कप्तान सर्जियो रामोसले मोड्रीच, रोनाल्डो र मेसीलाई आफ्नो मत दिएका छन्। 

त्यस्तै क्रोसियाका कप्तान रहेका लुक मोड्रीचले भेरान, रोनाल्डो र ग्रीजम्यानलाई आफ्नो मत दिएका छन्।  

त्यस्तै नेपालका कप्तान विराज महर्जनले आफ्नो मत पोर्चुगलका क्रिस्टियानो रोनाल्डो,बेल्जियमका केभिन डे ब्रुने र फ्रान्सका एन्टोनी ग्रीजम्यानलाई आफ्नो मत दिएका छन्। 

कुन देशका कप्तानले कसलाई मत दिए :


    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै