• २०८१ बैशाख ७ शुक्रबार

भन्सालीको अर्को बायोपिकमा अभिषेक बच्चन ! क्यारियरकै उत्कृष्ट फिल्म हुनसक्ने 

kharibot

फिल्म पद्मावतपछि चर्चित निर्माता निर्देशक संजय लिला भन्सालीले अर्को बायोपिक फिल्म बनाउने चर्चा अहिले बलिवुडमा चेल्को छ।  भन्सालीले बनाउने फिल्ममा सफलता ग्यारेन्टी रहेकोले उनको फिल्ममा अभिनय गर्ने दौडमा ठुलै अभिनेता अभिनेत्री लाग्ने गर्दछन् ।

यसै क्रममा भन्सालीले बनाउने भनिएको भारतीय चर्चित कवि तथा लेखक साहिर लुधियानवीको जीवनीमा बन्ने सो फिल्ममा जुनियर बच्चन सबै भन्दा अगाडी देखिएका छन्। भन्सालीले २ बर्ष अगाडी नै यस फिल्मका बाएमा अभिषेक बच्चनसँग कुरा गरेको बताइएको छ। 

हालै अभिषेकले यस फिल्मका बारेमा कुरा गर्दै आफुले यो फिल्म कहिले बन्छ भन्ने बारे भन्सालीसँग कुरा गर्ने बताएका छन्। 

गीतकार समेत रहेका साहिर र अमृता प्रितमको प्रेम कहानी त्यति बेलाको चर्चित प्रेम कहानी मानिन्छ। अमृताले साहीरको आधा जलेको चुरोट बचाएर राख्ने र पछि आफुले पिउने गरेको बताइन्छ। उनीहरुको प्रेमका बीच अमृताले ब्यापारी प्रितम सिंहसँग विवाह गरेकी थिइन्। यस अधुरो प्रेम कहानीलाई भन्सालीले पर्दामा उतार्ने काम गरिरहेको बताइएको छ। 

यस फिल्ममा साहिर लुधियानवीको भूमिकामा अभिषेक बच्चन हुनसक्ने बताइएको छ। त्यस्तै अमृताको भूमिकामा आलिया भट्ट हुनसक्ने बताइएको छ। तर आधिकारिक हिसाबले अहिले फिल्मको घोषणा भन्सालीले गरेका छैनन्।  

यस फिल्ममा भन्सालीले अभिषेकलाई लिएमा उनको क्यारियरकै उत्कृष्ट फिल्म यो हुनसक्ने बलिवुडमा चर्चा चलेको छ। हालै २ बर्षपछि कम्ब्याक अभिनय गरेको फिल्म मनमर्जिया औसत भएपछि अभिषेकको क्यारियर फेरी एक पटक संकटमा परेको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै