• २०८१ बैशाख १३ बिहीबार

तनहुँमा माइक्रोबस दुर्घटनामा दुई महिलाको मृत्यु

kharibot

दमौली / तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । 

पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

दुर्घटनामा आठ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । 

मृतकको परिवारलाई सहयोग 

सवारी दुर्घटनामा ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–१ साजबोटेका ज्ञानबहादुर तामाङको परिवारलाई प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले  १० हजार सहयोग गरेका छन  । 

सांसद श्रेष्ठले तामाङकी श्रीमतीलाई सो सहयोग हस्तान्तरण गरेका हुन्  । उनले तामाङको परिवार र उनका छोराछोरीलाई शिक्षादिक्षा तथा जीविकोपार्जनका लागिसमेत सहयोग गर्ने आश्वासन दिएका  छन  । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै