• २०८१ बैशाख ८ शनिबार

लिलिबिलीपछि प्रदीप र जसिताको जोडी ‘लभ स्टेशन’ मा, पशुपतिमा भयो शुभमुहुर्त  

kharibot

काठमाडौँ। फिल्म ‘रोज’ बक्सअफिसमा असफल भएपछि अभिनेता प्रदीप खड्काले नयाँ फिल्म ‘लभ स्टेशन’ को सुटिङ  तरखरमा रहेका छन्।

फिल्म लभ स्टेशनको सोमबार पशुपति मन्दिरमा मुहूर्त गरिएको छ । यो फिल्ममा उनको जोडी 'लिलिबिली' फेम जसिता गुरुङ रहेकी छन् । यो जोडी अहिले प्रेममा रहेको चर्चा सिनेवृतमा रहेको छ । शुक्रबारबाट फ्लोरमा निस्कने फिल्मको सुटिंगको सुरुवात भारतको दार्जिलिङमा हुनेछ ।

यसका लागि जम्बो टिम मंगलवार त्यसतर्फ प्रस्थान गर्ने निर्माता गोविन्द शाहीले बताए । प्रदीप र जसिता भने बुधवारमात्र जानेछन् । भेट्रान निर्देशक उज्वल घिमिरेले निर्देशन गर्ने फिल्मको छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किमलगायत नेपालको पुर्वी भेगका इलाम, फिक्कलमा हुनेछ ।

५० दिनको छायांकन तालिका रहेको फिल्ममा प्रदीप र जसितासँगै श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ । पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतका फिल्मभन्दा केही पृथक 'लभ स्टेशन' बन्ने प्रदीपले बताए ।

गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' मा प्रदीप र जसिताको जोडिलाई दर्शकले अत्याधिक रुचाएका थिए । आलोक शुक्लाको छायांकन रहने फिल्ममा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै