• २०८१ बैशाख ८ शनिबार

रौतहट प्रहरीद्वारा पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी 

kharibot

रौतहट।  विभिन्न आयोजनाको ठेक्का लिंदै अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न प्रहरीले पुर्जी काटेको छ ।

गएको भदौ ९ गते रौतहटको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनामा दोषी भएको दाबीसहित रौनियार विरुद्ध पक्राउ पुर्जी जारी गरेको रौतहटका प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिए । 

डुंगा दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिवारले पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियार विरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको उनले बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै