• २०८१ बैशाख ६ बिहीबार

अन्डर-१८ साफ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा

kharibot

काठमाडौं । अन्डर-१८ साफ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । 

आउँदो सोमबारदेखि भुटानमा हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली छनौट गरेको एन्फाले जनाएको छ । एन्फाका अनुसार १८ वर्षमुनिको ललित मेमोरियल फुटबल प्रतियोगिता साथै प्रशिक्षकको सिफारिसका आधारमा ७४ जना खेलाडीबाट अन्तिम २३ जना खेलाडी छनौट गरिएको हो । 

२३ सदस्यीय खेलाडीहरुमा गोलकिपरमा सन्देश गुरुङ, अभिशेक बराल र अर्पण कार्की, डिफेन्डरमा सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, असिम भुषाल, विकास खवास, निराजन महर्जन तथा राजन गुरुङ रहेका छन् । 

यस्तै मिडफिल्डमा दिनेश हेन्जन, अशोक मगर, अभिशेक रिजाल, अरिक बिष्ट, अनिल महर्जन, सेसेहाङ आङ्देम्बे, राजिव लोप्चन र राम ओजे छन् भने फरवार्डमा धिरज श्रेष्ठ, रेजिन सुब्जा, प्रिजेन तामाङ र दिपेश आले मगर छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै