• २०८१ बैशाख ४ मंगलबार

रगत परीक्षणबाट पत्ता लाग्छ, निद्रा पूरा भयो भएन, कम हुन सक्छ सवारी दुर्घटना !

kharibot

काठमाडौं । अनुसन्धाताहरुले एक अनुसन्धानबाट रगतको परीक्षण गरी निद्रा पूरा भए–नभएको थाहा पाउने विधि पत्ता लगाएका छन् । 

पछिल्लो समय मानिसहरू लामो समयसम्म नसुती सवारीसाधन चलाउनाले दुर्घटना बढेका खबरहरू सञ्चारमाध्यममा आइरहेका छन् । यसको रोकथामका लागि शोधकर्ताहरुले नया विधिको पत्ता लगाएका छन् ।

उनीहरूले रगत परक्षणको माध्यमबाट निद्रा पूरा भए–नभएको थाहा हुने उक्त अध्ययनमा पाएका छन् ।

पछिल्लो समयमा विकसित गरिएको यो विधि दुर्घटना कम गर्न निकै सहयोगी हुने देखिएको छ । यसले कुनै व्यक्तिको निद्रा पूरा भएको छ÷छैन भनी पत्ता त लगाउँछ नै । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यो परीक्षणबाट ढिला गाडी चलाउँदा हुन सक्ने कार दुर्घटनालाई रोक्न सकिन्छ । 

ब्रिटेनको एक युनिभसिर्टीमा गरिएको उक्त सर्वेक्षणमा ३६ जनाको सहभागिता थियो । यस परीक्षणमा निद्रा पूरा भएका र नभएका व्यक्तिको रगत परीक्षण गर्दा हजारौं जीनमा परिवर्तन देखिएको छ । यसले कुनै चालकको निद्रा पूरा भएको छ छैन भनेर पता लगाउन अब सजिलो हुने भएको छ ।  

युनिभर्सिटीकी वरिष्ठ व्याख्याता एम्मा लायङका अनुसार पर्याप्त निद्रा नलिनु अथवा लामो समयसम्म विभिन्न कारणले निद्रा पूरा नहुनु हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा खतराले युक्त छ । यस्तो अवस्थामा हाम्रो मस्तिष्कले सही ढङ्गले काम गर्दैन र दुर्घटना हुने सम्भावना बढी रहन्छ । 

यद्यपि, अब कुनै व्यक्तिको निद्रा पूरा भएको छ/छैन अथवा गाडी चलाउन योग्य छ/छैन भनी पुलिसलाई जान्नको लागि सजिलो हुने भएको छ । यसको निक्र्याेल गर्न एक विशेष बायोमार्करको पहिचान भएपछि अब परीक्षण गर्न सहयोग पुग्ने देखिएको छ । 

पहिलाको एक शोधका अनुसार जो सवारीचालक कम सुत्ने गर्छन्, तिनीहरुले चलाएको साधन दुर्घटना हुने सम्भावना दुई गुणा बढी रहेको पाइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै