• २०८१ बैशाख ७ शुक्रबार

प्राधिकरणका सीईओ ज्ञवाली पनि आज राति अमेरिका जाने 

kharibot

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै उनी अमेरिका जान लागेको प्राधिकरणले जनाएको छ । 

आगामी शुक्रबार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको भवनमा हुने विपदपश्चात्को आवश्यकताको आँकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना विषयक कार्यक्रममा ज्ञवालीले भाग लिने बताइएको छ । 

कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ । 

संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं  विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको  प्रस्तुति रहने कार्यक्रम छ । 

अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा-छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्किनेछन्। 

महासभामै भाग लिन यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका पुगिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै