• २०८१ बैशाख १२ बुधबार

भाडा वृद्धिप्रति सत्ता गठबन्धनकै विद्यार्थी संगठनको विरोध

kharibot

काठमाडौं । सत्ता गठबन्धन दल ने क पाकै विद्यार्थी संगठन अनेरास्ववियूले दशैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएको छ । उसले तत्काल फिर्ता लिन आग्रह गर्दै दबाब दिने पनि जानकारी दिएको छ । 

अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन  समेत गरेको छ । चाडपर्वमा जनअपेक्षाविपरीत सरकारले निर्णय गरेकाले  उक्त निर्णय फिर्ता गर्नुपर्ने अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

चाबहिलस्थित अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले मंगलबार विरोध कार्यक्रम गरेको थियो । उनीहरुले फिर्ता नभएसम्म सरकारलाई दबाब जारी राख्ने समेत बताएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै