प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरीमा राख्न सिफारिश 

खरीबोट

कैलाली। प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न संसदीय समितिले सुझाव दिएको छ । 

प्रदेशको नाम र राजधानी तोक्न गएको साउन १४ गते सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार संसदमा प्रतिवेदन प्रस्तुत गरेको हो । 

विशेष समितिले प्रतिवेदनमा राजधानीको नाम सुदूरपश्चिम रहने निष्कर्ष निकालेको छ । सांसद लामाको संसदीय समितिले प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेस गरेको हो । 

प्रदेश सातको नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज उठेको थियो । तर समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो । 

सम्बन्धित समाचार

प्रदेश ७ को राजधानी गोदावरी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ। प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई

प्रदेश ७ को राजधानी गोदावरीमा र नाम 'सुदूरपश्चिम' दुई तिहाईले स्वीकृत

धनगढी । प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम भएको छ।  आज बसेको प्रदेश सभाको बैठकले दुई तिहाई मतले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम

प्रदेश ७ को राजधानी धनगढी हुनुपर्ने माग राख्दै काँग्रेसद्वारा प्रदेश सभा अवरुद्ध 

धनगढी । धनगढीलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली काँग्रेसले प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बिहान ११ बस्ने भनेको बैठक सुरु हुनेवित्तिकै बैठक कांग्रेसले बैठक

प्रदेश ७ को नाम र राजधानीको टुंगो आज लाग्दै, सभा भवन अगाडी प्रदर्शन जारी  

धनगढी। राजधानी र नामको विषयमा असन्तुष्टि जनाउँदै विभिन्न जिल्लामा आन्दोलन भईरहेका बेला प्रदेश नम्वर ७ को स्थायी राजधानी र नामको आज टुङगो लाग्दै छ।  अहिले साढे ११ बजे डाकिएको प्रदेश सभा


z