• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरीमा राख्न सिफारिश 

kharibot

कैलाली। प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न संसदीय समितिले सुझाव दिएको छ । 

प्रदेशको नाम र राजधानी तोक्न गएको साउन १४ गते सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार संसदमा प्रतिवेदन प्रस्तुत गरेको हो । 

विशेष समितिले प्रतिवेदनमा राजधानीको नाम सुदूरपश्चिम रहने निष्कर्ष निकालेको छ । सांसद लामाको संसदीय समितिले प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेस गरेको हो । 

प्रदेश सातको नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज उठेको थियो । तर समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै