उडान प्रतिबन्ध खेपेको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइयो

खरीबोट

तस्बिर : रासस

सिमकोट /  मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । 

मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो ।

गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । 

प्राधिकरणले एक हप्ताका लागि उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकप्टर डेढ महीनापछि जिल्ला सदरमुकाम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए ।

पछाडिको पङ्खाले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो । 

सम्बन्धित समाचार

हेलिकप्टरबाट सुत्केरीको उद्दार

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ ।  घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्दार गरिएको

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

तेह्रथुम । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका

बस दुर्घटना अपडेट : १० जनाको हेलिकप्टरमा उद्धार

गलकोट / कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।  घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा

हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर र सिनेटरको मृत्यु

मेक्सिको । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यकी गभर्नर र उनका श्रीमान्को मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र गभर्नर मार्था एरिका


z