• २०८१ बैशाख १३ बिहीबार

अन्डर १९ एशिया कपका लागि १५ सदस्यीय टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ।  बंगलादेशले आगामी असोज १३ गते देखि २१ गतेसम्म हुने एसीसी अन्डर १९ एशिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ।

आज घोषणा गरिएको नेपाली अन्डर १९ टिमको नेतृत्व मोहमद आसिफ शेखले गर्ने भएका छन् भने उपकप्तान कमल सिंह ऐरीलाई बनाइएको छ।  अन्डर १९ टिममा राष्ट्रिय टिमका खेलाडी रोहित पौडेललाई समावेश गरिएको छ। 

अन्डर १९ एशिया कप खेल्ने नेपाली टिम :

मोहमद आसिफ शेख (कप्तान) कमल सिंह ऐरी (उपकप्तान), रोहित पौडेल, रवि शाह, नन्दन यादव, रीत गौतम, पवन सराफ, रविन्द्र जंग शाही, रशिद खान, भिम सार्की, ट्रीत राज दास, सन्दीप जोरा,सागर ढकाल, अरुण ऐरी र सुर्य तामाङ। नेपाली टिमलाई अन्डर १९ टिमका कोच बिनोद दास, सुनोज भट्टराई र राजु खड्काले छानेका हुन्। 

अन्डर १९ टिमसँग कोच बिनोद दास, टिम म्यानेजर शक्ति गौचन, मनोज कटुवाल सहायक कोच, बिक्रम न्यौपाने फिजियो सँगै जादै छन्।  नेपाली टिम आगामी विहिबार बंगलादेश तर्फ जाने कार्यक्रम रहेको छ।   

अन्डर १९ एशिया कपमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्दै छन्।  

समुह ए मा नेपाल सहित भारत, अफगानिस्तान र युएइ रहेका छन् भने समुह बिमा पाकिस्तान,श्रीलंका, बंगलादेश र हङकङ रहेका छन्। 

नेपालले पहिलो खेल सेप्टेम्बर २९ अर्थात् असोज १३ गते भारतसँग खेल्ने छ भने दोस्रो खेल अक्टोबर १ अर्थात असोज १५ गते अफगानिस्तानसँग खेल्ने छ। त्यस्तै तेस्रो खेल अक्टोबर २ अर्थात असोज १६ मा युएइसँग खेल्ने छ। 

दुवै समुहका दुई शिर्ष टिम सेमिफाइनलमा पुग्ने छन्।  प्रतियोगिताको पहिल सेमिफाइनल अक्टोबर ४ अर्थात असोज १८ गते हुने छ भने दोस्रो सेमिफाइनल अक्टोबर ५ अर्थात असोज १९ गते हुने छ। प्रतियोगिताको फाइनल खेल अक्टोबर ७ अर्थात असोज २१ गते हुने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै