• २०८१ बैशाख ८ शनिबार

सर्वोच्चको आदेशमा प्रकाण्ड रिहा, यसपटक पक्राउ परेनन् 

kharibot

काठमाडौं।  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् ।

सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएपछि उनलाई प्रहरीले रिहा गरेको छ । सर्वोच्चले रिहा गर्न आदेश दिएको यो छैठौँ पटक हो । यसअघि सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।  

यसपटक भने प्रहरीले उनलाई पक्राउ गरेको छैन । प्रहरीले उनलाई काभ्रे, नुवाकोट, दाङ, भोजपुर उदयपुरलगायतका जिल्लामा पुर्याएको थियो । सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । 

थुनामुक्त गर्न आदेश दिँदा पनि प्रकाण्डलाई पटक–पटक अदालत परिसरबाटै प्रहरीले पक्राउ गर्ने घटना दोहोरिन थालेपछि यसअघि सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता हनन् नगर्न सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।

गृहमन्त्रालयले बार्ताका लागि टोली गठन गरेकाले विप्लव समूहका प्रवक्तालाई सरकारकै निर्देशनमा पक्राउ नगरिएको बुझिएको छ । वार्ता गर्न गठित टोलीले प्रकाण्डलाई रिहा नगर्दासम्म विप्लव समूहसँग वार्ता गर्ने वातावरण नबनेको भन्दै सर्वोच्चको आदेश पालना गर्नुपर्ने सुझाव दिएको थियो ।

बार्ता सहज बनाउन पनि प्रकाण्डलाई रिहा गरिएको बुझिएको छ । रिहा भएपछि माइतीघर मण्डला पुगेका प्रकाण्डलाई नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै