• २०८१ बैशाख १३ बिहीबार

अन्तरिक्षको फोहोर बटुल्न जालको प्रयोग ! 

kharibot

बेलायतको एक स्याटलाइटले पृथ्वीको कक्षमा एक जाल बिछ्याएको छ जसले अन्तरिक्षमा रहेको फोहोर बटुल्छ । 

अन्तरिक्षको फोहोर हटाउने योजनाअन्तर्गत यो प्रयोगात्मक परीक्षण गरिएको हो । यो जाल पृथ्वीभन्दा ३०० सय किलोमिटर टाढा रहेकोे छ । 

पृथ्वीको कक्षमा करीब साढे सात हजार टन फोहोर रहेको अनुमान गरिन्छ । यो फोहोरले विशेष प्रयोजनका लागि छोडिएका भूउपग्रहलाई असर गर्न सक्ने बताइएको छ ।

प्रयोगमा एक बट्टामा भएको फोहोर स्याटलाइटबाट पृथ्वीतिर फालिएको थियो र पछि यसलाई उक्त जालको सहायताले बटुलियो । 

यो त एक परीक्षण मात्र थियो । यदि साँच्चै यस्तो हुने हो भने पृथ्वीको कक्षवरिपरि भएका फोहोर बटुलेर पृथ्वीको कक्षभन्दा बाहिर पठाउन सकिन्छ । 

पृथ्वीवरिपरि भएका फोहोर हटाउन विभिन्न प्रयोगहरू भइरहेको अवस्थामा यो एक सफल परीक्षण भएको बताइएको छ । 

नयाँ वर्षको सुरुसम्म सही ढङ्गले फोहोर हटाउने काम गर्न सकिने बताइएको छ । पृथ्वीको कक्षमा लाखौं टुक्राहरू तैरिरहेका छन् । ती टुक्रा पुराना उपग्रहको पार्टपुर्जा र अन्तरिक्ष यात्रीले गल्तीले छोडेको उपकरण भएको बताइएको छ । 

यस्ता फोहोरले विभिन्न प्रयोजनका लागि छोडिएका भूउपग्रहलाई क्षति पुर्याउन सक्ने यस प्रोजेक्टमा काम गरिरहेका इन्जिनियर अलस्टेयर वेम्यानले बताएका छन् । त्यसैले सीमित भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नीति पनि नासाले ल्याउँदै छ । 

यो परीक्षणको भिडियो पनि बनाइएको छ, जसमा जालले फोहोर बटुल्दै गरेको देखिन्छ ।

(बीबीसीबाट भावानुवाद)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै