• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश नम्बर ७ को नाम र राजधानीको विषयमा धनगढी आन्दोलित  

kharibot

धनगढी।  प्रदेश नम्बर ७ को नाम र राजधानीमा असहमति जनाउँदै धनगढीस्थित प्रदेश संसदको कार्यालय बाहिर सर्वसाधरणले प्रदर्शन गरेका छन् । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर प्रदर्शन गरेका हुन् । 

मंगलबार सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरेपछि सिफारिशको विरुद्ध असन्तुष्टि सुरु भएको छ ।  

खास गरी धनगढीका स्थानीयले गोदवारीमा प्रदेश सातको राजधानी राख्ने निर्णयमा असन्तुष्टि जनाएका छन् । उनीहरुले संसदीय समितिको सिफारिस मान्न नसकिने जनाउँदै प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त भएको हो । 

बाहिर सडकमा प्रदर्शन भइरहँदा भित्र संसदमा भने प्रदेश सातको राजधानी र नामबारेमा छलफल भइरहेको छ । प्रदेश सातको नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालिन संरचनालाई नै निरन्तरता दिन खोजेको भन्दै त्यस प्रदेशका अधिकांश जिल्लाबाट असन्तुष्टिको स्वर चुलिएको छ । 

विशेष समितिले प्रतिवेदनमा राजधानीको नाम सुदूरपश्चिम रहने निष्कर्ष निकालेको छ । सांसद लामाको संसदीय समितिले प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेस गरेको हो । 

प्रदेश सातको नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज उठेको थियो । तर समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै