• २०८१ बैशाख ७ शुक्रबार

गगन थापाको प्रश्न - बुढीगण्डकीमा एउटै कम्पनीका लागि किन मरिहत्ते गरेको ? 

kharibot

काठमाडौँ। नेपाली काँग्रेसका सांसद गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजनालाई चिनियाँ कम्पनी गेजुवालाई प्रधानमन्त्रीको हुकुमबाट दिने निर्णय गरेको आरोप लगाएका छन् । 

संसदको विशेष समयमा बोल्दै सांसद थापाले सरकारको निर्णयको आलोचना गर्दै विगतमा गरिएको निर्णय र अहिलेको निर्णयमा केहि फरक नरहेको भन्दै सरकारले किन यस्तो निर्णय गरेको भन्दै सरकारको आलोचना गरेका छन्। 

प्रश्न चिनियाँ कम्पनी हो कि भन्ने होइन भन्दै सांसद थापाले प्रतिष्पर्धा किन नगराएको भन्ने भएको भन्दै एउटै कम्पनीलाई नै किन मरिहत्ते गरेको भन्ने रहेको बताए। उनले संसदका समितिलाई पनि यस विषयमा ध्यानआकर्षण गराएका छन्।

सांसद थापाले प्रधानमन्त्री ओलीले न्युयोर्कमा बुढीगण्डकी आयोजनामा कुनै विवाद नरहेको अभिव्यक्ति दिएको उल्लेख गर्दै बुढीगण्डकी प्रभावित र आफुहरुका प्रश्नको जवाफ लिएर काठमाडौँ आउन आग्रह गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै