• २०८१ बैशाख ८ शनिबार

नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

kharibot

काठमाडौँ।  नेपाल बङ्गलादेश बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले नेपाल बङ्गलादेश बैंक\का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार नेपाल बङ्गलादेश बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै