• २०८१ बैशाख १३ बिहीबार

व्यवसायीले प्रधानमन्त्रीसँग डिल गरेर भाडा बढाए - आपूर्तिमन्त्री मातृका यादव

kharibot

काठमाडौं। सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले यातायात  व्यवसायीले १० प्रतिशत भाडा वृद्धि गर्दा प्रधानमन्त्रीसँग डिल गरेको बताएका छन्। 

बुधबारको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री यादवले गाडीको भाडा बढाउन भएको छलफलमा आफूलाई सहभागी नगराइएको र व्यवसायीहरुले सिधै प्रधानमन्त्रीसँग डिल गरेर भाडा बढाएको जानकारी दिएका छन् । 

उनले भने, ‘बसको भाडा हामीले बढाएका होइनौँ, प्रधानमन्त्रीजीसँग बसेर व्यवसायीले डिल गरेका हुन्,  हामी त्यसमा सहभागी पनि थिएनौँ, सायद सबैतिर सल्लाह गरेर त्यो बढाएको होला नी।’ 

उनले अगाडी भने, 'अब हामी सहभागी भए पनि नभए पनि हामी पनि सरकारमा भएको हुनाले भाडा बढेकोमा हामीले पनि सहमति दिनुपर्ने हुन्छ ।’

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको तर गाडीको भाडा नबढाएको भन्दै व्यवसायीले दसैंको लागि टिकट नै खुलाएनन् । सरकारले व्यवसायीसँग सम्झौता गर्दै असोज ६ गते शनिबार १० प्रतिशत भाडा बढाएपछि मंगलबार बाट टिकटको अग्रिम बुकिङ खुलेको छ । 

सांसदहरुले सरकारले व्यवसायीसँग झुकेर यातायात भाडा बढाएको भन्दै सरकारको आलोचना गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै