• २०८१ बैशाख ८ शनिबार

यू-१८ एशियन स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई १३ गोल हान्यो 

kharibot

काठमाडौँ।  भारतमा जारी ४६औ अन्डर १८ एशियन स्कुल फुटबल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई ठुलो गोल अन्तरले पराजित गरेको छ। 

भारतको आग्रामा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १३-१ को गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा दिनेश हेम्जनले ४ तथा बुद्ध बल तामाङले ३ गोल गरेका थिए भने ऋतिक खड्काले २, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरेका थिए। 

जितसँगै नेपालले अब पाचौ स्थानको लागि बिहिबार श्रीलंकासँग प्रतिष्पर्धा गर्ने छ। 

यसअघि मंगलबार नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो भने त्यसअघिका दुई खेल खेलेमा नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै