• २०८१ बैशाख १४ शुक्रबार

युभेन्टसको जितमा डिबालाले गरे गोल, सिरि ए मा लगातार छैठौ जित  

kharibot

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसको विजयी यात्रा जारी रहेको छ। गएराती भएको खेलमा युभेन्टसले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको छ।  युभेन्टसको जितमा पाउलो डीबाला र बलाइसे मतौडीले एक एक गोल गरेका थिए।

अर्जेन्टिनाका मिडफिल्डर डिबालाले यस सिजनको पहिलो गोल गर्दै युभेन्ट्सलाई जिताएका छन्। उनले खेलको ११औ मिनेटमा नै पहिलो गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए भने मतौडीले खेलको १६औ मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर परेका थिए।  मतौडीको गोललाई क्रिस्टियानो रोनाल्डोले असिस्ट गरेका थिए। 

यो सँगै युभेन्ट्सले सिरी ए को यस सिजनमा लगातार छैठौ खेल जितेर १८ अंक हासिल गर्दै लिगमा शिर्ष स्थानमा रहेको छ। 

युभेन्ट्सले अब अर्को खेल सिरी ए अन्तर्गत नापोलीसँग आगामी शनिबार खेल्ने छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै