• २०८१ बैशाख १३ बिहीबार

३९औं विश्व पर्यटन दिवस : सिमरा विमानस्थलमा यात्रुलाई सम्मान

kharibot

बारा । काठमाडौंबाट सिमरा आउने पहिलो विमानका सम्पूर्ण यात्रुहरुलाई बाराको सिमरा विमानस्थलमा बिहीबार सम्मान गरिएको छ । 

३९औं विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले यात्रुहरुलाई स्वागतस्वरुप आज सम्मान गरेको हो । 

पर्यटन दिवसको अवसरमा तीन दिने कार्यक्रम सार्वजनिक गर्दै संघले पहिलो दिन चालक दलका सदस्यसहित काठमाडौंबाट सिमरा आउने सम्पूर्ण यात्रुहरुलाई फूलमाला र खादासहित सम्मान गरेको हो । 

दिवसको अवसर पारेर पर्यटकीय नगरी सिमरामा संघले सम्मान गर्दा यात्रुहरु निकै हर्षित देखिएका थिए । पर्यटन दिवसको अवसरमा यसरी यात्रुहरुलाई सम्मान गर्नु निकै खुसीको कुरा हुनुका साथै यसले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने यात्रुहरुले बताएका छन् । 

यात्रु सम्मान कार्यक्रमपछि सिमराको एयरपोर्ट चोकमा आयोजित कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बारालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउनुपर्ने बताए । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका व्यक्ति, उद्योगी व्यवसायी, व्यापारी, बुद्धिजीवी, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सञ्चालन होटल तथा पर्यटन व्यवसायी संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले गरेका थिए । 

यसैबीच, पर्यटन दिवसको अवसरमा संघले शुक्रबार अन्तत्र्रिmया कार्यक्रम गर्नेछ । पर्यटन प्रवद्र्धनमा युवाहरुको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम बिहान ७ बजे सम्यक होटल सिमरामा आयोजना गर्न लागिएको अध्यक्ष शर्माले जानकारी दिए । 

यस्तै दिवसको अवसरमा संघ बाराले १३ गते साइकलिङ कार्यक्रम गर्नेछ । जीतपुरको गढीमाई मन्दिरबाट सुुरु हुने साइकलिङ अमलेखगञ्जको हात्तीसारसम्म पुगेर टुंगिनेछ ।

सिमरा बजारमा असोज २७, २८ र २९ गते हुनलागेको दोस्रो बारा खाना तथा देशैं महोत्सव २०७५ लाई सफल बनाउने उद्देश्यसहित संघले आजदेखि ३ दिने विशेष कार्यक्रम सुरु गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै