• २०८१ बैशाख ८ शनिबार

सिन्धुलीमा सुरक्षित गर्भपतनबारे अन्तर्क्रिया कार्यक्रम 

kharibot

सिन्धुली । जिल्लामा  सुरक्षित गर्भपतनको लागि सञ्चारमाध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ  । 

ग्रामीण महिला संजाल नेपाल रुओनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा  सुरक्षित  गर्भपतन, नेपालमा गर्भपतनको अवस्था र सुरक्षित गर्भपतनको लागि सञ्चारमाध्यमले खेल्न सक्ने भुमिकाको बारेमा छलफल गरिएको थियो  ।

कार्यक्रममा  बीबीसीकी कार्यक्रम संयोजक सनिला गुरुङ र कार्यक्रम अधिकृत  एलिजा सिंहले सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्यमा  सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउँदै  अगामी दिनमा अझै सूचना प्रवाहको दायरालाइ अझ फराकिलो बनाउन आग्रह गरेका छन् । 

प्रजनन स्वास्थ्यमा एक महिला मात्र नभएर सम्पूर्ण परिवारले नै जानकारी लिनुपर्नेमा उनीहरुले जोड दिँदै गर्भपतनलाई समस्याको समाधानको रुपमा नभइ  विकल्पको रुपमा  लिन उनीहरुले आग्रह गरे । 

सुरक्षित गर्भपतनको लागि जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउँदै कार्यक्रमपश्चात् गर्भपतनको विषयमा थप सूचना प्रवाह हुने सहभागीहरुले बताए ।

रुओन नेपालकी कार्यक्रम  अधिकृत सम्झना पहाडीले  रुओन नेपालले  महिला सशक्तीकरण  र  बालबालिकाको  क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको र  सन् २०२० सम्ममा  सुरक्षित गर्भपनको बारेमा जानकारी गराई सुरक्षित गर्भपतनको लागि विभिन्न जिल्लाहरुमा  रुओनले कार्यक्रम संचालन गदै आएको बताइन्  ।

कार्यक्रममा  नेपालसहित विभिन्न देशको गर्भपतनको अवस्था, सुरक्षित गर्भपतनको गराउनेको तथ्यांक र समाजमा लगाइने  लाञ्छना लगायतका  विषय समेटिएको भिडियो समेत देखाइएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै